अर्का पूर्व गुन्डा नाइके पर्शुराम एमालेबाट प्रदेश सांसदमा सिफारिस

काठमाडौँ : आपराधिक पृष्ठभूमिकालाई सांसदको उम्मेदवारमा सिफारिस गर्नेक्रमलाई निरन्तरता दिँदै एमालेले मोरङ क्षेत्र नम्बर ६ ‘ख’को प्रदेशसभा निर्वाचनमा पर्शुराम बस्नेतलाई सिफारिस गरेको छ।
एमालेले बस्नेतको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरेको हो। उनीसहित रमेश पोखरेल, राधेश्याम कट्टेल, रोहित कोइराला, दिनानाथ भगत, यशोदा अधिकारी र शिव थापाको नाम सिफारिस भए पनि बस्नेतले टिकट पाउने सम्भावना बढी देखिन्छ।
उनी पार्टी अध्यक्ष केपी ओली निकट हुन्। उनी निर्वाचन परिचालन केन्द्रीय सचिवालयको सदस्य समेत हुन्। जिल्ला कमिटीले नाम केन्द्रमा पठाएपछि केन्द्रले टिकट पाउनेको नाम तय गर्छ।
बस्नेत विराटनगरमा ‘गुन्डा नाइके’को रूपमा परिचित थिए। उनले
सम्पत्ति शुद्धीकरणको मुद्दा पनि खेपे तर सफाइ पाए।
२०६८ मा महेश बस्नेतसँग निकट भएर युथफोर्स मोरङका उपाध्यक्ष बनेपछि उनी एमाले राजनीतिमा सक्रिय भए। उनी जेल पनि परे। पछि बस्नेतसँग उनको सम्बन्ध चिसियो। अहिले दुवै दुस्मनको रूपमा परिचित छन्।
एमाले गोर्खाले चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रतिनिधि सभामै सिफारिस गरेको छ। कांग्रेसले राजु गोर्खालीलाई सिन्धुपाल्चोक-२ मा सिफारिस गरेको छ। काभ्रेमा गणेश लामा र बलराम सापकोटा।प्रदेशमा सिफारिस भएका छन्।
भदौ २०, २०७९ सोमबार २३:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।