खोटाङ कांग्रेसका नेता रोजनको नाम सङ्घ र प्रदेश दुई तिरै सिफारिस

खोटाङ कांग्रेसका नेता रोजनको नाम सङ्घ र प्रदेश दुई तिरै सिफारिस

काठमाडौँ : नेपाली कांग्रेस खोटाङले आगामी मङ्सिर ४ को सङ्घ र प्रदेशको निर्वाचनका लागि रोजन राईलाई सङ्घ र प्रदेश दुवै तहको उम्मेदवारमा सिफारिस गरेको छ।

नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य, केन्द्रीय कार्यसमितिको केन्द्रीय विभाग सदस्य हुँदै पार्टीमा सक्रिय रहेका राइलाई दुवै तहको उम्मेदवारमा सिफारिस गरेको हो।

राईसँगै प्रतिनिधि सभा सदस्यमा सुवास कुमार पोखरेल ,भूपेन्द्र राई, डा. राजकुमार राई, आरपी आचार्य, योगेन्द्र राई र सर्बधन राईको नाम समेत सिफारिस भएको छ।

प्रदेश सभा सदस्य समानुपातिकमा राईको नाम पहिलो नम्बरमा छ। अन्यमा देवी राई, दुरेन्द्र राई, पेशल कुमार राई, डिल्ली कुमारी आचार्य, राजन राई र हिरा निरौलाको नाम समेत सिफारिस भएको छ।

भदौ २०, २०७९ सोमबार २०:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।