साधारण तारेखमा छुटे सेक्युरिटी गार्ड शेरजङ्ग गुरुङ

काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा थुनामा रहेको गरुड सेक्युरिटि कम्पनीका गार्ड शेरजङ्ग गुरुङ रिहा भएका छन्।
मुलुकी अपराध संहिताको अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएका गुरुङलाई सोमबार गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयमा बयान लिएर साधारण तारेखमा रिहा गरिएको हो।
अभद्र व्यवहारसम्बन्धी मुद्दा जिल्ला प्रशासन कार्यालयले हेर्ने कानूनी व्यवस्था छ।
श्रीमानलाई गैरन्यायिक हिरासतमा राखिएको भन्दै सोमबार गुरुङकी श्रीमती लक्ष्मी गुरुङले सर्वोच्च अदालतमा मन्त्री श्रेष्ठ, पर्यटन र गृह मन्त्रालय, प्रहरी, जिल्ला प्रशासन कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालयलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
सुनुवाइ मंगलबारका लागि तोकिए पनि गुरुङलाई प्रशासनले सोमबार साँझ नै रिहा गरेको हो।
भदौ २०, २०७९ सोमबार १९:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।