केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालद्वारा ‘क्लिन स्वीप’

केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालद्वारा ‘क्लिन स्वीप’

काठमाडौंः केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज नेपालले 'क्लिन स्वीप' गरेको छ।

केन्याको नैरवीस्थित जिमखाना क्लब क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा ६ विकेटले जित निकाल्दै नेपालले सिरिज 'क्लिन स्वीप' गरेको हो।

२ सय ५६ रनको लक्ष्य पछ्याएको नेपालले ४ विकेटको गुमाएर ४७.१ ओभरमा लक्ष्य भेट्टायो।

उसको जितमा अर्जुन साउदले ५८, आशिफ शाहले ५६, ज्ञानेन्द्र मल्ल ३३, देव खनाल १ रनमा आउट हुँदा रोहित पौडेल र बसिर अहमदले अविजित रहँदै क्रमशः ४६ र ५२ रन जाेडे।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो।

उसका लागि कोलिन्स अबुयाले ८४ रन, लुकास एनडासनले अविजित रहँदै ५९ रनको अर्धशतकीय इनिङ खेले। सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन बनाए।

बलिङतर्फ नेपालका सोमपाल कामी र आदील अन्सारीले २/२ विकेट लिए । वसिर अहमद र शाहब आलमले १/१ विकेट लिए।

यसअघि भएको पाँच खेलको टी–ट्वान्टी सिरिज पनि नेपालले ३–२ ले जितेको थियो।

भदौ २०, २०७९ सोमबार १९:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।