सर्लाही ४ बाट सांसदको आकाङ्क्षी अमरेश कारबाहीमा, काठमाडौँबाट उठ्ने गगनको नाम सर्वसम्मत !

काठमाडौँ : सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको उम्मेदवारका रूपमा काङ्ग्रेसबाट गगन थापाको मात्रै नाम सिफारिस गरेपछि विवाद चर्किएको छ। आकाङ्क्षी तथा सो क्षेत्रका सांसद अमरेश कुमार सिंहलाई संसद्को उम्मेदवारमा सिफारिस गर्नुको सट्टा अनुशासनको कारबाही गरेपछि विवाद थप चर्किएको हो।
कांग्रेस महामन्त्री रहेका थापाको निर्वाचन क्षेत्र काठमाडौँ-४ हो। यहीबाट उनको नाम सिफारिस भइसकेको छ। कास्कीबाट समेत उनको नाम सिफारिस भए पनि उनले काठमाडौँबाटै प्रतिनिधि सभाको उम्मेदवार बन्ने बताएका छन्।
उता उनैलाई सरप्राइजदिँदै सर्लाही ४ बाट प्रतिनिधि सभाका लागि उनको मात्र एकल नाम सिफारिस भएको छ। आकाङ्क्षी अमरेशलाई कांग्रेस धनुषाको अनुशासन समितिले पार्टीको आधिकारिक उम्मेदवाहरुलाई स्थानीय तहको निर्वाचनमा अन्तर्घात/असहयोग गरेको भन्दै निलम्बन गरेको पत्र सार्वजनिक गरेको छ।
समितिले नेपाली कांग्रेसको विधान २०१७(संशोधन सहित)को धारा ३४ को उपधारा ४ को ख बमोजिम अमरेशलाई निलम्बन भन्दै केन्द्रमा पत्र पठाएको छ। उनलाई जिल्ला अनुशासन समितिले असार २ गते नै निलम्बन गरेको थियो। तर पत्र भने सोमबार सार्वजनिक भएको छ।
भदौ २०, २०७९ सोमबार १९:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।