एनसेलको ‘एनसेल भोल्टे’ सेवा सञ्चलान, यी तीन कम्पनीका सेटमा मात्र चल्ने

काठमाडौं : निजी माेबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘एनसेल भोल्टे’ सेवा सञ्चालनमा ल्याएकाे छ।
सुरुमा तीन ब्राण्डका केही मोबाइल सेटबाट मात्र प्रयाेग गर्न सकिने याे सेवा भदाै १६ गतेबाट सुरु गरिएकाे कम्पनीले जनाएकाे छ।
ग्राहकले सामसङका ग्यालेक्सी ए५१, ग्यालेक्सी ए३३ र ग्यालेक्सी ए५३, भिभोको वाई५५, भी२३ र ह्वावेको नोभा ३आई, वाई९ प्राइम २०१९ मा याे सेवा सुचारु गर्न सकिनेछ।
याे सेवा सुरु भएसँगै ग्राहकले फोरजी नेटवर्कमा रहेर फोन गर्दा हाल लाग्दै आएको सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकैसाथ प्रयाेग गर्न सक्नेछन्।
एनसेलकाे फाेरजी सिम भएका ग्राहकले *१७२०१# डायल गरि भोल्टे सेवा सुचारु गर्न सक्छन्। सेवा सुचारु गरेसँगै ग्राहकले एनसेल नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट भोल्टे टक टाइम बोनस स्वरूप प्राप्त गर्नेछन्। बोनस भोल्टे टक टाइम २८ दिनको लागि मान्य रहन्छ।
भदौ २०, २०७९ सोमबार १८:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।