मैले सुरक्षा गार्डलाई छाड्न भनेकाे हुँ : मन्त्री श्रेष्ठ

मैले सुरक्षा गार्डलाई छाड्न भनेकाे हुँ : मन्त्री श्रेष्ठ

काठमाडाैं : दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई छाड्न आफूले नै गृह मन्त्रालयमा आग्रह गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताएका छन्।


सोमबार मन्त्री श्रेष्ठका स्वकीय सचिवले विज्ञप्ति जारी गर्दै मन्त्रीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका गरुड सेक्युरिटिजका सुरक्षागार्ड गुरुङले प्रहरीसमक्ष माफी मागेको बताउँदै नियन्त्रणमुक्त गरिदिन गृहमन्त्री बालकृष्ण खाँणलाई आग्रह गरेको उल्लेख गरे।

‘सामान्य पदीय मर्यादालाई समेत ख्याल नगरी सुरक्षा गार्ड गुरूङले मन्त्रीज्यू र सुरक्षाकर्मी समेतलाई अभद्र व्यवहार गरेको विषयलाई लिएर नेपाल प्रहरीले उनलाई नियन्त्रणमा लिएकोमा उनले प्रहरी समक्ष गल्ती महशुस गरिसकेकोले नियन्त्रणमुक्त गरिदिन मन्त्रीज्यूले गृह मन्त्रालयलाई आग्रह गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ।

क्यानडामा हुने कार्यक्रममा सहभागी हुन जान  भिसाका लागि बायोमेट्रिक दिन छाया सेन्टरमा पुगेका बेला मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेकाे आराेपमा सुरक्षागार्ड गुरुङलाई थुनाएका थिए। सुरक्षागार्ड र उनको कम्पनीले भने लाइनमा बस्नुस् भन्दा मन्त्रीले दुर्व्यवहारको झुटाे आरोपमा थुनाएको आरोप लगाएका छन्।

भदौ २०, २०७९ सोमबार १८:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।