चीनमा भूकम्प जाँदा सात जनाकाे मृत्यु

एजेन्सी : चीनको सिचुवान प्रान्तमा गएको शक्तिशाली भूकम्पमा सात जनाको मृत्यु भएको छ।
स्थानीय समयअनुसार सोमबार अपरान्ह करिब १ बजेतिर ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प जाँदा उनीहरूको मृत्यु भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ।
भूकम्पको केन्द्रविन्दु चेङदुबाट २२६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहरमा रहेकाे थियाे।
भूकम्पको धक्काले चेङदु र छिमेकी मेगा सिटी चोङकिङका भवनहरूमा क्षति पुगेको समाचारमा उल्लेख छ।
भूकम्पको झड्काले गार्जे र यान क्षेत्रका केही विद्युत उत्पादनहरू बन्द गरिएकाे छ भने पाँच हजारभन्दा बढी उद्दारकर्मीहरू प्रभावित क्षेत्रमा खटाइएको छ।
भूकम्पलगत्तै अग भवनहरूबाट सर्वसाधारण भाग्दै गरेका दृश्य टेलिभिजनले प्रशारण गरेका थिए।
भदौ २०, २०७९ सोमबार १७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।