बागमती प्रदेशका तीन जिल्लामा बुधबार सार्वजनिक बिदा

बागमती प्रदेशका तीन जिल्लामा बुधबार सार्वजनिक बिदा

काठमाडौं : प्रदेश सरकारले बुधबार प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार सूचना निकालेर बुधबार गतवर्ष चैत ९ गते बसेको मन्त्रिपरिषद्को निर्णअनुसार बुधबार प्रदेशका चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।

बुधबार चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्व पर्ने मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले बताए। मकवानपुर, धादिङ र चितवन जिल्लामा चेपाङ समुदायको बसोबास छ।

यी बाहेकका अन्य जिल्लामा नियमित रूपमा कार्यालय र शैक्षिक संस्था सञ्चालन हुने मन्त्रायलले स्पष्ट पारेको छ।

भदौ २०, २०७९ सोमबार १६:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।