थप २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि, ३८ जना आईसीयूमा

काठमाडौंः देशभर थप २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
४ हजार ५८ जनामा गरिएको परीक्षणमा २ सय २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा २ सय ६ जना संक्रमणमुक्त हुँदा २ लाख ६९ हजार ६ सय ४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
देशभर २ हजार ४ सय ४४ कोरोनाका सक्रिय संक्रमित छन्। तीमध्ये ३८ जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन।
भदौ २०, २०७९ सोमबार १६:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।