केन्याले नेपाललाई दियो २ सय ५६ रनको लक्ष्य

केन्याले नेपाललाई दियो २ सय ५६ रनको लक्ष्य

काठमाडौंः नेपालविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा घरेलु टोली केन्याले २ सय ५६ रनको लक्ष्य दिएको छ।

नैरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५५ रन बनाएको हो।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ।

यसअघि भएको दुईवटै एकदिवसी खेल नेपालले जित्दै एकखेल अगावै सिरिज जितिसकेको छ।

त्यसअघि भएको पाँच खेलको टी–१० श्रृंखला पनि नेपालले ३–२ ले जितेको थियो।

भदौ २०, २०७९ सोमबार १५:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।