प्रदेश एकका मुख्यमन्त्री राईलाई मातृशोक

प्रदेश एकका मुख्यमन्त्री राईलाई मातृशोक

काठमाडौं : प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ।

राईकी आमा धनकुमारीको सोमबार विहान विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा ८४ वर्षको उमेरमा निधन भएको हो।

भोजपुरको षडानन्द नगरपालिकामा बस्दै आएकी राईको स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि विराटनगर ल्याइएको थियो।

राईकाे अन्तिम संस्कार भाेजपुरमा नै गरिने मुख्यमन्त्री राजेन्द्र राईकाे सचिवालयले जनाएको छ।

उनी निमोनियाबाट ग्रस्त थिइन्।

भदौ २०, २०७९ सोमबार १५:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।