नेप्से चार अंकले घट्दा कारोबार १ अर्ब तल खस्कियो

काठमाडौं : कारोबार हुने साताको दोस्रो दिन सोमबार शेयर बजारमा सामान्य गिरावट आएको छ।
नेप्से परिसूचक ४.२९ अंकले घटेर १९७३.०१ विन्दुमा हुँदा सेन्सेटिभ परिसूचक ०.८२ अंकले घटेर ३८२.९५ विन्दुमा छ।
बजार घट्दा कारोबार रकममा पनि त्यसको प्रभाव परेको छ। यसदिन १ अर्बको पनि कारोबार हुन सकेन। ९० करोड ९९ लाखको मात्र कारोबार भयो।
उपसूचक समूहमा उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्सबाहेक अन्य सबै समूह राताम्मे छन्। अन्य समूह सबैभन्दा बढी १.०४ प्रतिशतले घट्दा अन्य समूह ० दशमलबकै आसपासमा घटेका छन्।
यसदिन सबैभन्दा बढी रिदी पावर कम्पनीको ९ करोडको कारोबार भएको छ। दोस्रो स्थानमा रहेको हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३ करोड ५९ लाख भन्दा माथि उठ्न सकेन।
भदौ २०, २०७९ सोमबार १५:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।