नुवाकोट–१ मा मा‌ओवादीबाट हितबहादुर तामाङ र राधिका तामाङ सर्वसम्मत सिफारिस

नुवाकोट–१ मा मा‌ओवादीबाट हितबहादुर तामाङ र राधिका तामाङ  सर्वसम्मत सिफारिस

नुवाकाेट : नुवाकोटकाे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्रले पूर्वमन्त्री एवं पोलिटब्यूरो सदस्य हितबहादुर तामाङलाई उम्मेदवारका लागि सिफारिस गरेकाे छ।

अघिल्लो संसदीय निर्वाचनमा काङ्ग्रेसका उम्मेदवार डा. रामशरण महतलाई ८ हजार ५ सय मतले पराजित गरेका तामाङलाई क्षेत्रीय समन्वय समितिले प्रत्यक्षतर्फ उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेकाे हाे।

समानुपातिकतर्फ पोलिटब्यूरो सदस्य तथा जिल्ला इञ्चार्ज बिमला सुवेदी, शिव खाती र गमला श्रेष्ठ सिफारिस भएका छन्। आकांक्षी धेरै भएपछि समानुपातिक तर्फको नाममा सर्वसम्मत हुन नसकेको जिल्ला संयोजक पुष्प लामिछानेले जानकारी दिए।

यस्तै प्रदेशसभा तर्फ माओवादीले १ (क) को प्रत्यक्षमा बाग्मती प्रदेश उपसभामुख राधिका तामाङलाई सर्वसम्मत सिफारिस गर्दा (ख)मा जिल्ला संयोजक लामिछाने सिफारिस भएका छन्।

(क)को समानुपातिकतर्फ एलिशा थापा, रत्न बिक, लालबहादुर तामाङ, कृष्णबहादुर तामाङ, प्रमोदलाल श्रेष्ठ, पदमबहाहदुर तामाङ र पार्वती पण्डितसहित ६ जना सिफारिस हुँदा (ख)काे समानुपातिकमा सुवास तामाङ, रामहरि श्रेष्ठलगायत ८ जनालाई सिफारिस भएका छन्।

भदौ २०, २०७९ सोमबार १५:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।