दुर्व्यवहार आराेपमा पक्राउ परेका गार्ड भन्छन्- 'मन्त्री भन्ने थाहा भए पनि ड्युटी त गर्नैपर्यो'

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न लगाउँदा पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई भेटेका छन्।
साेमबार हिरासतमै पुगेर भेटेकाे तस्वीर राख्दै सभापति लामिछानेले गुरुङलाई धन्यवाद दिएकाे बताएका छन्। आफूसँगकाे भेटमा गुरुङले दुर्व्यवहार नगरेकाे बताएकाे लामिछानेले लेखेका छन्।
गुरुङकाे भनाइ उद्धृत लामिछानेले लेखे- ‘गुरुङको छोरो, आवाज अलि ठूलो भयो होला, तर मैले कुनै दुर्व्यवहार गरेको छैन।’
आफूले श्रेष्ठ मन्त्री भन्ने नचिनेकाे पनि गुरुङले बताएका छन्। ‘मन्त्री भन्ने मलाई थाहा पनि भएन। थाहा भए पनि ड्युटी त गर्नैपर्यो’, गुरुङले भने।
लामिछालेले गुरुङलाई पुरस्कृत गर्न र नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई कानून नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका छन्।
भदौ २०, २०७९ सोमबार १५:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।