मादक पदार्थ सेवन गरेर सवारी चलाउने विद्यार्थीसहित ५१ जना विद्यार्थी चालक कारबाहीमा

काठमाडाैं : मादक पदार्थ सेवन गरि सवारी साधन चलाउँदै गरेका १ जना विद्यार्थी सहित ५१ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेकाे छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा साेमबार विहान गरिएकाे चेकिङमा सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २८ जना, कागजपत्र साथमा नभएका २१ जना, तीन जना सवार १ जना र मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने १ जना गरि ५१ जना विद्यार्थी चालकलाई कारबाही गरिएकाे उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
नयाँबानेश्वको चेल्सी ईन्टरनेशनल एकेडेमीमा प्लस टु पढ्दै गरेका २१ वर्षीय एक वर्षीय विद्यार्थीलाई चेकिङ्गका क्रममा मदिरा पिएर बागमती प्रदेश ०२–०२३प ७३ ८६ नम्बरको मोटरसाइकल चलाएको पाइएपछि ट्राफिक प्रहरीले काठमाडौंको दरबारमार्गबाट कारबाही गरेकाे हाे।
साउन ३० गतेबाट शुरू भएको स्कुल तथा कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हाल सम्म १ हजार ८२ जना विद्यार्थी चालकलाई कारबाही गरिसकिएकाे छ।
भदौ २०, २०७९ सोमबार १४:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।