जापान पठाइदिन्छु भनेर १३ लाख रूपैयाँ ठगी, एक महिला पक्राउ

जापान पठाइदिन्छु भनेर १३ लाख रूपैयाँ ठगी, एक महिला पक्राउ

काठमाडाैं : जापान पठाइदिन्छु भनी रकम १३ लाख रूपैयाँ ठगी गरेकाे आराेपमा एक महिला पक्राउ परेकी छन्।

मोरङ रतुवामाई नगरपालिका-९ घर भई हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बालाई प्रहरीले आइतबार पक्राउ गरेको हाे।

जापानको प्रतिष्ठित होटलमा मासिक ३ लाख रुपैयाँसम्म तलब हुने गरी काममा लगाइदिने प्रलोभनमा पारी पीडितबाट १३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएकी मिनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेकाे हाे।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।

भदौ २०, २०७९ सोमबार १४:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।