प्रतितोला एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ। आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ७०० कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य ९३ हजार २०० कायम भएको छ।
आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ। आज चाँदी तोलामा एक हजार ११५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
भदौ २०, २०७९ सोमबार ११:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।