खप्तड लघुवित्तको आईपीओ बाँडफाँट, १२ हजार ३४० जनाले पाए १० कित्ता

काठमाडौं: खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। सोमबार बिहान बिक्री प्रवन्धक प्रभु क्यापिटलको कार्यालय, कमलादीमा आईपीओ बाँडफाँट भएको हो।
कुल १७ लाख ८३ हजार ७४ जना योग्य आवेदकमध्ये बाँडफाँटबाट १२ हजार ३४० जनाले १० कित्ता शेयर पाएका छन्।
यस्तै एक लाख ४४ जनाको आवेदन भने अयोग्य भएर रद्द भएको क्यापिटलले जनाएको छ।
कम्पनीले भदौ ८ गतेबाट १२ गतेसम्म एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। त्यसमध्ये कर्मचारी, सामूहिक लगानी कोष लगायतलाई छुट्याएर बाँकी भएको एक लाख २३ हजार ४०० कित्ता शेयर सर्वसाधारणको लागि खुला गरिएको थियो।
भदौ २०, २०७९ सोमबार ११:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।