सिन्धुलीको अक्करे भीरमा लेदोसहित पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

सिन्धुलीको अक्करे भीरमा लेदोसहित पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

काठमाडौं: सिन्धुलीको गोलन्जोर गाँउपालिका- ६ अक्करे भीरमा गए राति लेदो माटोसहितको पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ। पहिरो हटाउन पहल भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।

सडकमा झरेको पहिरोका कारण देशको पूर्वी भेगतर्फ जाने-आउने सवारी साधन पूर्णरूपमा प्रभावित भएका छन्।

भदौ २०, २०७९ सोमबार ०९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।