इन्टरपोलको सहयोगमा पक्राउ परेका मानव तस्कर नारायण अधिकारी साढे ३ लाख धरौटीमा छुटे

काठमाडौं: मकाउमा बसेर मानव तस्करीमा संलग्न रहेका माइकल भनिने नारायणप्रसाद अधिकारी साढे तीन लाख धरौटीमा छुटेका छन्।काठमाडौं जिल्ला अदालतले तीन लाख ५० हजार धरौटीमा उनलाई रिहा गरेको हो।
गत मंगलबार मकाउबाट काठमाडौं फर्किएका अधिकारीलाई मानव बेचविखन अनुसन्धान ब्युरोले इन्टरपोलको सहयोगमा पक्राउ गरेको थियो। उनविरुद्ध २०७६ सालमा मानव बेचविखन तथा ओसारपोसार, ठगी र संगठित अपराधमा ब्युरोमा जाहेरी दर्ता भएको थियो।
लिबियामा छोरा सन्तोष श्रेष्ठ गुमाएका लमजुङ चितीका सोमप्रसाद श्रेष्ठले अधिकारी र उनको परिवारविरुद्ध जाहेरी दिएका थिए।
मकाउबाट नेपाल आएको छोरालाई प्रहरीले एयरपोर्टमै पक्राउ गरेर लगेपछि स्वागतमा गएका परिवार हेरेको हेर्यै
'महिनाको डेढ लाख तलव भन्थ्यो, लिबिया लगेर २ हजार डलरमा बेचिदिएछ'
इटली भनेर लिबिया पूर्याउने मानव तस्करीका आरोपी माइकललाई मकाउमा इन्टरपोलले समातेर नेपाल पठायो
क्यानेडियन कम्पनीमा रोजगारी अनि मासिक एक लाख ५० हजार रुपैयाँ कमाइ हुने प्रलोभनमा पारेर लिबियाको शरणार्थी क्याम्पमा पुर्याएको अभियोगमा उनीविरुद्ध नेपाल प्रहरीको इन्टरपोल शाखाले पनि तीन वर्षअगाडि 'रेड कर्नर' नोटिस जारी गरेको थियो।
२०७५ माघमा लमजुङका दुई जनासहित अन्य थुप्रैलाई इटाली हुँदै क्यानेडा पुर्याइदिने सपना देखाएर मानव बेचविखन गरेको आरोप लागेका प्रमुख नाइके अधिकारी मङ्गलबार मकाउबाट आउँदै गर्दा पक्राउ परेका थिए।
भदौ २०, २०७९ सोमबार ०८:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।