मनसुनको न्यून चापीय रेखा उत्तरतर्फ: प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशमा चट्याङसहित वर्षा

मनसुनको न्यून चापीय रेखा उत्तरतर्फ: प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशमा चट्याङसहित वर्षा

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका केही प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा हुने जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ।

यतिबेला प्रदेश १, मधेश, बागमाती र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा समेत भइरहेको छ।

आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

आज राति प्रदेश नं १, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

भदौ २०, २०७९ सोमबार ०७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।