मानार्थ प्रधानसेनापतिको उपाधि लिन नेपाल आइपुगे भारतीय स्थल सेनाध्यक्ष, पशुपति र मुक्तिनाथ जाने कार्य तालिका

मानार्थ प्रधानसेनापतिको उपाधि लिन नेपाल आइपुगे भारतीय स्थल सेनाध्यक्ष, पशुपति र मुक्तिनाथ जाने कार्य तालिका
तस्बिर : नेपाली सेना

काठमाडौँ : नेपालको मानार्थ प्रधानसेनापतिको उपाधिका लागि भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे नेपाल आएका छन्। नेपाली सेनाको निम्तामा उनी आइतबार दिउस नेपाल आएका हुन्।

नेपाल र भारतका सेना प्रमुखलाई एक अर्काले मानार्थ प्रधानसेनापतिको उपाधि दिने प्रचलन अनुसार उनलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपाधिका लागि सेनाले निम्ता गरेको हो।

आइतबार नेपाल आएका पाण्डेले आइतबारै प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्दै छन्। उनलाई अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपधी दिनेछिन्।

उनले नेपाल बसाइमा शिवपुरीमा रहेको नेपाली सेनाको आर्मी स्टाफ कलेजको भ्रमण गर्नेछन्। मङ्गलवार उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्य तालिका रहेको छ।

नेपाल बसाइमा उनले पशुपतिनाथको दर्शन समेत गर्नेछन्। बुधवार बिहान मुक्तिनाथ दर्शन गरेर पोखरास्थित नेपाली सेनाको मध्य कमान्ड हेडक्वार्टरमा पुगेपछि उनी भदौ २३ गते भारत फर्कने कार्य तालिका रहेको छ।

भदौ १९, २०७९ आइतबार १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।