कनेक्ट आइपिएसमा ट्वाइस अफ टु अफर

कनेक्ट आइपिएसमा ट्वाइस अफ टु अफर

काठमाडौँ : नेपाल क्लियरीङ्ग हाउस लिमिटेडले आफ्ना सदस्य बैङ्क तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा मोबाइल बैंकिङ्गबाट गरिने फण्ड ट्रान्सफरमा ट्वाइस अफ टु अफर सार्वजनिक गरेको छ। सो अफर अन्तर्गत हरेक हप्ता मोबाइल बैकिङ्गको प्लेटफर्मबाट कम्तीमा दुई वटा फण्ड ट्रान्सफर गर्ने मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूमध्ये १ सय २ जनाले १ सय २ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार यो अफर भदौ २०७९ १९ गते देखि असोज २९ सम्म लागु हुनेछ। आइतबारदेखि शनिवारसम्मको समयावधिमा लक्की ड्र मार्फत साप्ताहिक विजेताहरू छानिने छन्। जानकारी हरेक हप्ताको अन्त्य पछि कनेक्ट आइपिएसको साइटमा प्रकाशित गरिने कम्पनीले जानकारी दिएको छ।

भदौ १९, २०७९ आइतबार १४:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।