बुटवलमा केएफसीको चौधौँ शाखा

बुटवलमा केएफसीको चौधौँ शाखा

काठमाडौँ : अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले बुटवल उपमहानगरपालिका वडा नं ८, सुख्खानगरमा रहेको स्थित भाटभटेनी डिपार्टमेन्टमा नजिक चौधौँ शाखा खोलेको छ। आउटलेटमा केएफसिका विभिन्न चिकेन परिकार राखिएको छ।

केएफसीले आफ्ना ग्राहकका लागि स्वादिष्ट परिकारहरुहरु उपलब्ध गराउँदै आएको छ।  कोभिड १९ को रोकथामका लागी विश्वस्तरिय सुरक्षा नीति अपनाउँदै स्वच्छता, जाँच,  सामाजिक दुरी र कन्ट्याटलेस सेवा अपनाएको जनाएको छ।

रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरू जस्ता सतहको सरसफाइ निर्मलीकरण गर्ने गरेको बताएको छ। केएफसीका कर्मचारीहरूले हरेक ग्राहकलाई सेवा दिएपश्चात् आफ्ना हात र झोला निर्मलीकरण गर्ने गरेको कम्पनीले बताएको छ।

हरेक ग्राहकबिच ६ फिटको सामाजिक दुरी कायम गर्दै रेस्टुराँमा आउने ग्राहक र सेवामा रहेका कर्मचारीबिच सामाजिक दुरी कायम राख्न स्टिकर लगायत समानको प्रयोग गरेर अझ व्यवस्थित गरिएको बताइएको छ। १८८० वर्ग फिटमा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ६५ जना ग्राहकहरूले सेवा लिन सक्ने विज्ञप्तिमा उल्लेख छ। 

भदौ १९, २०७९ आइतबार १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।