बयानको क्रममा रञ्जन कोइरालाको कैद घटाउने विवादित फैसलाबारे जबराले दिए स्पष्टीकरण

बयानको क्रममा रञ्जन कोइरालाको कैद घटाउने विवादित फैसलाबारे जबराले दिए स्पष्टीकरण
फाइल तस्बिर

काठमाडौं: निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग सिफारिस समितिले आज पनि बयान लिएको छ। बयानका क्रममा करिब एक घण्टाको अवधिमा उनले विवादित रञ्जन कोइराला फैसलाबारे स्पष्टीकरण दिए।

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको फैसलाको बारेमा गरिएको प्रश्नमा उनले रञ्जनको परिवारका सदस्यको बयान सुनेपछि आफू प्रभावित भएर कैद सजाय घटाएको बताए।

जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले श्रीमती हत्या अभियोगमा सजाय काट्दै आएका कोइरालालाई कैद छुट दिँदै २० वर्षको जन्मकैदलाई साढे आठ वर्षमा झार्ने फैसला गरेको थियो।

जबरासँगको बयानका लागि समितिले ४३ वटा प्रश्न तय गरेको छ।

राणा विरुद्ध गत फागुन १ मा प्रतिनिधि सभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। समितिको अर्को बैठक भदौ २५ गते बस्नेछ। सो दिन पनि जबराले बाँकी प्रश्नको बयान दिनेछन्।

भदौ १९, २०७९ आइतबार १३:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।