७० किलो गाँजासहित सुनबहादुर र सुभाष पक्राउ

काठमाडौं: जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। करिब ७० किलो गाँजासहित मकवानपुर मनहरी गाउँपालिका-७ बिजौना बस्ने ३५ वर्षीय सुनबहादुर थिङ र सोही गाउँपालिका-१ चकरी बस्ने २० वर्षीय सुभाष लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।
हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश३-०१-००३क ६९०६ नम्बरको मिनीट्रकलाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकमा लुकाई ल्याएको उक्त गाँजा फेला परेको थियो।
घटनासम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
भदौ १९, २०७९ आइतबार १२:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।