सिट बाँडफाँट नमिलिरहेको बेला देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं: प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटघाट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज दुई नेताबीच भेटवार्ता भएको हो।
सत्ता गठबन्धनबीच सिट बाँडफाँटको विषयमा कुरा नमिलिरहेको बेला दुई नेता छलफलमा बसेका हुन्। भेटमा सिट बाँडफाँटकै विषयमा छलफल भएको बताइएको छ।
सिट बाँडफाँटका लागि गठन गरिएको कार्यदलले आजसम्ममा बाँडफाँटको सङ्ख्या टुङ्गो लगाउने बताइएको छ। त्यसका लागि आज दिउँसो कार्यदलसहित गठबन्धनको बैठक बस्दैछ।
आज दिनभर नेताहरूबीच विभिन्न चरणमा भेटघाट तथा छलफल हुने प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिएका छन्।
भदौ १९, २०७९ आइतबार १२:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।