सुनसरी र खोटाङमा करेन्ट लागेर दुई जनाको मृत्यु

सुनसरी र खोटाङमा करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं: सुनसरी र खोटाङको दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। सुनसरीको दुहवी नगरपालिका-८ का ५० वर्षीय दीपक मगर भनिने चन्द्र थापामगर आफ्नै घरको छतमा छत सफा गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए।

उनलाई उपचारको लागि टिचिङ अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।

यसैगरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० का ३५ वर्षीय प्रकाश राईको पनि करेन्ट लागेर मृत्यु भएको छ।

शनिबार बेलुका म्याखम खोला हाइड्रोपावरको पोलमा जम्पर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका राईको उपचारको क्रममा फेमिली केयर अस्पताल दिक्तेलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

भदौ १९, २०७९ आइतबार १२:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।