अन्तर्राष्ट्रिय फुड चेन ब्राण्ड 'केएफसी' अब बुटवलमा, एक पटकमा ६५ ग्राहकले सेवा लिनसक्ने

अन्तर्राष्ट्रिय फुड चेन ब्राण्ड 'केएफसी' अब बुटवलमा, एक पटकमा ६५ ग्राहकले सेवा लिनसक्ने

काठमाडौं: अन्तर्राष्ट्रिय फुड चेन ब्राण्ड 'केएफसी'को नेपालभित्रको चौधौँ शाखा (आउटलेट) बुटवलमा खुलेको छ।बुटवल उपमहानगरपालिका वडा नं ८, सुख्खानगरस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरछेउमा केएफसीको आउटलेट खोलिएको हो।

केएफसी विश्वमै स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्टुराँका रूपमा परिचित छ। यो आउटलेटबाट पनि अन्यत्र झैँ हट एण्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स लगायतका परिकार पाइनेछ कम्पनीले जनाएको छ।

यसका साथै कोभिड- १९ को रोकथामका लागि विश्वस्तरीय सुरक्षा नीति समेत अवलम्बन गरको कम्पनीको दावी छ। रेस्टुराँले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरू जस्ता सतहको सरसफाइ निर्मलीकरण गर्ने गर्दछ। कर्मचारीहरूले पनि हरेक ग्राहकलाई सेवा दिए पश्चात आफ्ना हात र झोला निर्मलीकरण गर्ने गर्दछन्।

यस्तै हरेक ग्राहकबीच ६ फिटको सामाजिक दूरी कायम गर्दै रेस्टुराँ आउने ग्राहक र सेवामा रहेका कर्मचारीबीच समाजिक दूरी कायम राख्न स्टिकर लागयत समानको प्रयोग गरी अझ व्यवस्थित गरिएको छ।

१८८० वर्ग फिट मा खोलिएको यो रेस्टुराँमा एक पटकमा ६५ जना ग्राहकहरूले सेवा लिन सक्नेछन्।

रेस्टुराँले हाल बिहान १० बजेबाट रातिको १० बजेसम्म डाइन–इन र टेक अवेमार्फत सेवा दिइरहेको छ। साथै भोज डिल मार्फत डेलिभरी सेवा दिएको छ।

भदौ १९, २०७९ आइतबार ११:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।