तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी ५ रुपैयाँले बढ्यो

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी ५ रुपैयाँले बढ्यो

काठमाडौं: नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा ६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९३ हजार ६०० कायम भएको छ। यस्तै तेजाबी सुनको मूल्य ९३ हजार १०० कायम भएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार ११० रुपैयाँ कायम भएको छ।

भदौ १९, २०७९ आइतबार ११:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।