पोखराबाट मुस्ताङ उडेको समिट एयरको विमानको इन्जिनमा समस्या देखिएपछि आपत्कालीन अवतरण

पोखराबाट मुस्ताङ उडेको समिट एयरको विमानको इन्जिनमा समस्या देखिएपछि आपत्कालीन अवतरण

पोखरा: पोखराबाट मुस्ताङका लागि उडेको समिट एयरको विमानको इन्जिनमा समस्या देखिएपछि पुनः पोखरा नै फर्काइएको छ। पोखरा विमानस्थलबाट बिहान ७ बजेर ५९ मिनेटमा उडेको विमानमा समस्या देखिएपछि ७ मिनेटमै पोखरा फर्काएर आपत्कालीन अवतरण गरिएको थियो।

विमानमा १८ यात्रु थिए। विमानको इन्डिकेसनमा समस्या देखिएपछि आपत्कालीन अवतरण गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए।

पाइलटले जहाजमा खराबी देखिएको भन्दै दायाँ इन्जिन अफ गरी जहाजलाई पोखराको आकाशमा एक फन्को लगाएर पोखरा विमानस्थलमा अवतरण गराएका थिए।

भदौ १९, २०७९ आइतबार १०:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।