दिउँसो २ बजे प्रतिनिधि सभा बस्दै, सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरू मनोनयन गर्ने

दिउँसो २ बजे प्रतिनिधि सभा बस्दै, सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरू मनोनयन गर्ने

काठमाडौं: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज दिउँसो २ बजे एघारौं अधिवेशनको ६१औं बैठक बस्न लागेको हो।

आजको बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्नेछन्।

यस्तै सभामुख सापकोटाले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नेछन्।

यस्तै आजको बैठकमा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने पनि कार्यसूची रहेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिएका छन्।

भदौ १९, २०७९ आइतबार १०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।