पहिरोले पृथ्वी राजमार्गको जामुने–खैरेनी सडक दुवैतर्फ अवरुद्ध

काठमाडौं: शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो गएर पृथ्वी राजमार्गको तनहुँको जामुने–खैरेनी सडक अवरुद्ध भएको छ। आज बिहानदेखि म्याग्दे गाउँपालिका–६ मौरीओडारमा पहिरो खसेकाले राजमार्ग दुईतर्फीरूपमा अवरुद्ध भएको हो।
प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार पहिरो पन्छाउन प्रहरी टोली पुगिसकेको छ। “वर्षा भइरहेकाले केही समयमा पहिरो हटाएर राजमार्ग सञ्चालन गराउन प्रयास गरेका छौँ”, उनले भने।
अविरल वर्षाका कारण खोला बढेपछि म्याग्दे –४ थर्पु बजारमा पनि राप्तीखोलाले बाटो अवरुद्ध बनाएको छ। सडकमाथिबाटै खोला बग्न थालेपछि सडक अवरुद्ध भएको स्थानीय भीमलाल श्रेष्ठले जानकारी दिए।
पृथ्वी राजमार्गको अन्य ठाउँमा भने वर्षाका कारण बाटो अवरुद्ध नरहेको प्रहरीले जनाएको छ।
भदौ १९, २०७९ आइतबार ०९:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।