भारतीय नम्बरको मोटरसाइकलबाट खसेर भन्सारमा कार्यरत थारुको मृत्यु

कपिलवस्तु: विजयनगर गाँउपालिका- ७ जुगनियामा हिजो साँझ गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार काठमाडौं घर भई हाल कृष्णनगर भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी ३५ वर्षीय रामसेवन थारु रहेका छन्।
भारतीय नम्बरको मोटरसाइकलमा सवार थारु हिजो बेलुकी ७ बजे, अचानक खसेका थिए। मोटरसाइकलबाट खसेर घाइते भएका थारुको उपचारको क्रममा बहादुरगञ्जस्थित शिवराज अस्पतालमा बेलुकी पौने ८ बजे मृत्यु भएको हो।
चालकलाई ईलाका प्रहरी कार्यालय गणेशपुरले नियन्त्रणमा लिएको छ।
भदौ १९, २०७९ आइतबार ०८:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।