मुख्यमन्त्री राउत पर्सा- १ (ख), उपेन्द्र यादव पर्सा- ४ बाट सिफारिस

मुख्यमन्त्री राउत पर्सा- १ (ख), उपेन्द्र यादव पर्सा- ४ बाट सिफारिस

काठमाडौं: जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको छ। गत निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

पार्टीका पर्सा सचिव तबरेज आलमका अनुसार आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ को (ख)बाट प्रदेश सभा सदस्यका लागि एकल नाम सिफारिस गरिएको हो।

यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधि सभा निर्वाचनमा पर्सा- ४ बाट सिफारिस भएका छन्। आलमका अनुसार जसपाका केन्द्रीय सदस्य प्रदीप यादव पर्सा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका छन्।

भदौ १९, २०७९ आइतबार ०८:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।