आज प्रदेश १ का एक-दुई स्थानमा चट्याङसहित भीषण वर्षा हुने

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ का एक-दुई स्थानमा भीषण वर्षा हुनसक्ने जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ।
यतिबेला प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशमा सामान्य बदली रहेको छ। बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो प्रदेश नं १, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आजै दिउँसो प्रदेश नं १ का एक-दुई स्थानहरूमा चट्याङसहित भीषण वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश नं १, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
भदौ १९, २०७९ आइतबार ०७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।