७४ किलो गाँजासहित हेटौंडाबाट दुई जना पक्राउ

७४ किलो गाँजासहित हेटौंडाबाट दुई जना पक्राउ

मकवानपुर: हेटौंडा उपमहानगरपालिका–१० राप्तीपुल नजिकैबाट प्रहरीले ७४ किलो ७० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–१३ का ३१ वर्षीय प्रकाश तामाङ र पर्साको ठोरी गाउँपालिका–३ बर्मानगरका ३४ वर्षीय चन्द्रकुमारी श्रेष्ठ छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश-०१–०२५च १९४२ नंको तरकारी बोक्ने गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरिएको हो।

प्रहरीले उनीहरुको साथबाट रु ३१ हजार पनि बरामद गरेको छ।

भदौ १८, २०७९ शनिबार १६:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।