विप्लवका एक दर्जन नेता-कार्यकर्ता कांग्रेस प्रवेश

काठमाडौं: नेत्रविक्रम चन्द विप्लव नेतृत्त्वको नेकपाका एक दर्जन नेता-कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरूलाई कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराए।
कांग्रेस प्रवेश गर्नेमा वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रवीन्द्र सुनार, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) कञ्चनपुरकी अध्यक्ष कल्पना परियार, नेकपा काठमाडौं–कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दिपेश नागरी र मञ्चका सचिव राधव परियारलगायत छन्।
कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको पहलमा उनीहरूले पार्टी परिवर्तन गरेका हुन्।
भदौ १८, २०७९ शनिबार १६:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।