कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु, २०० जना सङ्क्रमित

कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु, २०० जना सङ्क्रमित

काठमाडौं: कोरोना भाइरस सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार योसहित मृतकको कुल सङ्ख्या १२ हजार सात पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामै २०० सङ्क्रमित थपिएका छन्। ९२ सङ्क्रमित पीसीआर विधिबाट पहिचान भएका हुन् भने १०८ सङ्क्रमित एन्टिजेन विधिबाट पहिचान भएका हुन्।

यस्तै यही अवधिमा ३३९ जना सङ्क्रमणमुक्त पनि भएका छन्। हाल निको हुने दर ९८.५ प्रतिशत रहेको छ।

हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६४२ रहेको छ। पछिल्लो २४ घण्टामा तीन हजार ५३७ जनाको नमूना परीक्षण गरिएको थियो।

भदौ १८, २०७९ शनिबार १६:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।