जसपाबाट महोत्तरी-३ को उम्मेदवार बन्न मधेश प्रदेशका मुख्यन्यायाधिवक्ताले दिए पदबाट राजीनामा

जसपाबाट महोत्तरी-३ को उम्मेदवार बन्न मधेश प्रदेशका मुख्यन्यायाधिवक्ताले दिए पदबाट राजीनामा

काठमाडौं: मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री लालबाबु राउतलाई झाले आज आफ्नो राजीनामा बुझाएका हुन्।

झा जनता समाजवादी पार्टी प्रवेश गर्न लागेका छन्। उनले आउँदो प्रतिनिधि सभा निर्वाचनमा महोत्तरी-३ बाट उम्मेदवारी दिने तयारी गरेका छन्। यसैको लागि निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले पदबाट राजीनामा दिएको झाले बताए।

उनी आजै जसपा प्रवेश गर्दैछन्। उनलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ।

मधेश प्रदेश सरकार गठन भएदेखि नै प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा उनी कार्यरत थिए।

भदौ १८, २०७९ शनिबार १५:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।