केन्याविरुद्धको दोस्रो एकदिवसीय : नेपालले ब्याटिङ रोज्यो, शतक हान्ने आशिफ बेन्चमा

काठमाडौं : केन्याविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ।
केन्याको नैरवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेको हो। खेल नेपाली समयअनुसार सवा १२ बजे सुरु हुनेछ।
शुक्रबार ब्याटिङमा उत्कृष्ट देखिएको टीम शनिबार पनि त्यहि लयलाई कायम गर्ने मनसायका साथ मैदान उत्रन लागेको हो।
पहिलो खेलमा पहिलो विकेटका लागि नेपालमा अर्जुन साउद र आशिफ शेखले १ सय ४४ रनको साझेदारी गरेका थिए।
उक्त खेलमा शेखले शतक प्रहार गर्दा साउदले अर्धशतक बनाएका थिए।
तर, दोस्रो एकदिवसीयमा शतक प्रहार गरेको आशिफलाई बेन्चमा राखिएको छ। उनको स्थानमा प्रशिक्षक मनोज प्रभाकरले देव खनाललाई मौका दिएका छन्।
भदौ १८, २०७९ शनिबार १२:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।