‘माटो जोगाऔं’ अभियानमा वन मन्त्रालयको ऐक्यबद्धता, देशभर ३० हजार वृक्षरोपण गरिने

काठामाडौं : वन तथा वातावरण मन्त्रालयले ‘माटो जोगाऔं’ अभियानमा ऐक्यबद्धता जनाएको छ।
अभियानका लागि नेपाल आएका प्रसिद्ध सदगुरुलाई वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयको तर्फबाट जारी गरिएको पत्र हस्तान्तरण गरेर अभियानसँग ऐक्यबद्धता जनाएका हुन्।
शुक्रबार साँझ ललितपुरको गोदावरीमा भएको कार्यक्रममा मन्त्री यादवले अभियानमा सदगुरुले गरेको तीस किलोमिटर यात्रालाई सम्मानका लागि देशभर कम्तीमा तीस हजार वृक्षरोपण गर्ने प्रतिबद्धता जनाए।
अभियानका प्रमुख जग्गी वासुदेवलाई नेपालमा स्वागत गर्न पाउँदा आफू निकै खुशी भएको मन्त्री यादवले बताए। माटो जोगाएर पृथ्वीको खेतीयोग्य माटोमा जैविक शक्ति बढाउनका लागि सदगुरु जग्गीले चलाएको महाअभियान प्रशंशायोग्य भएको उनको भनाइ छ।
मन्त्रीले सदगुरुलाई संसारको र्दुलभ एक सिंगे गैडाको मुर्ति उपहारस्वरूप प्रदान गरे।
भदौ १८, २०७९ शनिबार १०:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।