साफ महिला च्याम्पियनसिपका लागि दुई टोली आज नेपाल आउँदै, बाँकी दुई टोली भोलि आउने

साफ महिला च्याम्पियनसिपका लागि दुई टोली आज नेपाल आउँदै, बाँकी दुई टोली भोलि आउने

काठमाडौं : भदौ २१ गतेदेखि हुने साफ महिला च्याम्पियनसिप फुटबलमा सहभागी हुन दुई देशका राष्ट्रिय टोली शनिबार (आज) नेपाल आउँदैछ।

प्रतियोगितामा सहभागी हुन बंगलादेश, भारत बंगलादेशको राष्ट्रिय महिला टोली नेपाल आउन लागेको हो।

बंगलादेशको टोली विमान बंगलादेशबाट विहान सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदा भारतको टोली भिस्टारा एयरबाट दिउँसो ४ बजे काठमाडौं उत्रनेछ।

यस्तै, माल्दिभ्स र श्रीलंकाको टोली आइतबार दिउँसो सवा १२ बजे श्रीलंकन एयरबाट आउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

भुटान र पाकिस्तानको टोलीयसअघि नै आइसकेका छन्।

यसैबीच एन्फाले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। करिब साढे ३ करोडको बजेटमा हुन लागेको प्रतियोगिता सात टीम सहभागी हुँदैछ।

प्रतियोगिता हेर्नका लागि सामान्य प्यारापिटतर्फ ३ सय रुपैयाँ र भीआईपीतर्फ ५ सय रुपैयाँ तोकिएको छ।

भदौ १८, २०७९ शनिबार ०९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।