नेपाल र केन्याबीचकाे दाेस्राे एकदिवसीय आज

नेपाल र केन्याबीचकाे दाेस्राे एकदिवसीय आज

काठमाडौं : नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय क्रिकेट शनिबार (आज) हुँदैछ।

केन्याकाे नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने १ बजे सुरु हुने खेलमा नेपाल लगातार दाेस्राे जितसँगै सिरिज आफ्नाे पक्षमा पार्न प्रयासरत हुँदा केन्या पहिलाे जितकाे खाेजीमा हुनेछ।

शुक्रबार भएकाे पहिलो एक दिवसीयमा नेपालले ७ विकेटको शानदार जित निकालेको थियाे।

शुक्रबारको खेलमा नेपालका आसिफ सेखले केन्याविरुद्ध ११० रनको शतकीय पारी खेल्दा अर्जुन साउदले ६० रनको अर्धशतकीय पारी खेलेका थिए।

नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न गएपछि नेपालकाे कप्तानी राेहित पाैडेलले सम्हालिरहेका छन्।

यसअघि ५ खेलको टी–ट्वेन्टी सिरिज जितेको नेपाल एक दिवसीय सिरिज पनि जितेर केन्या भ्रमणको सुखद अन्त्य गर्ने चाहन्छ।

दुई देशबीचकाे तेस्रो तथा अन्तिम एक दिवसीय खेल भदौ २० गते हुनेछ।

भदौ १८, २०७९ शनिबार ०९:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।