गगनलाई भएन बाधा, काठमाडौं–४ बाट सर्वसम्मत सिफारिस

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस सिफारिस भएका छन्।
शुक्रबार साँझ बसेको क्षेत्रीय समिति बैठकले थापाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो।
यसअघि कास्कीको क्षेत्र नम्बर १ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भए पनि उनले आफू काठमाडौं–४ बाटै उम्मेदवारी दिने तयारीमा रहेकाे बताएका थिए।
२०७४ सालको निर्वाचनमा पनि थापा यसै निर्वाचनबाट बाम गठबन्धनका उम्मेदवार एमालेका डा. राजन भट्टराईलाई पराजित गरि प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो।
भदौ १८, २०७९ शनिबार ०९:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।