एसिया कप : सुपर ४ प्रवेशका लागि हङकङलाई पाकिस्तानको १९४ रनको चुनौती

काठमाडौंः एसिया कपको सुपर ४ प्रवेशका लागि पाकिस्तानले हङकङलाई १ सय ९४ रनको लक्ष्य दिएको छ।
युएईकाे शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ९३ रन बनायो।
उसका लागि मोहम्मद रिजवानले अविजित रहँदै सर्वाधिक ७८ रन बनाए। फकर जमान ५३ र बाबर आजम ९ रनमा आउट हुँदा खुस्दिल शाहले अविजित रहँदै ३५ रन जोडे।
बलिङतर्फ हङकङका एसहान खानले दुई विकेट लिए।
हङकङले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
समूह ‘ए’ बाट दुई खेल जित्दै यसअघि नै भारत सुपर ४ मा प्रवेश गरिसकेको छ भने यी दुईबीचको विजयी टोलीले सुपर ४ मा स्थान बनाउनेछ।
जित्ने टोलीले आइतबार भारतसँग भिड्नेछ।
भदौ १७, २०७९ शुक्रबार २१:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।