बोक्सी भन्दा प्रहरीलाई भनिदिन्छु भनेको झोकमा एक परिवारका तीन जनाको हत्या

बोक्सी भन्दा प्रहरीलाई भनिदिन्छु भनेको झोकमा एक परिवारका तीन जनाको हत्या

काठमाडौँ : बोक्सी भन्दा प्रहरीलाई भनिदिन्छु भनेको झोकमा उदयपुरको बेलका नगरपालिका ७ गौधाटार मैनामैनीमा एकै परिवारका तीन जनाको हत्या भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार नरबहादुर बस्नेतले बोक्सी भनेपछि राजकुमार बस्नेतले प्रहरीलाई भनिदिऊँ भनेको झोकमा खुकुरीले हानेर तीन जनाको हत्या गरेको देखिएको छ।

उनले राजकुमार बस्नेत, उनकी श्रीमती ३० वर्षीय सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतलाई खुकुरीले हानेर हत्या गरेको देखिएको छ।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार खेतमा गएका नरबहादुरले राजकुमारकी श्रीमतीलाई बोक्सी भनेका थिए। त्यसपछि राजकुमारले अहिलेको जमानामा पनि बोक्सी भन्ने हो। प्रहरीलाई भनिदिऊँ भनेपछि उनले खुकुरीले हानेका थिए। राजकुमारलाई खुकुरीले हानेपछि नजिकै रहेकी उनकी श्रीमतीलाई पनि खुकुरीले हाने। अनि छोरालाई पनि खुकुरी प्रहार गरेका थिए।

उनी हत्या गरेर भागेका थिए। सोही नगरपालिका ६ बरबोटेमा उनलाई प्रहरीले फेला पारेको थियो।

भदौ १७, २०७९ शुक्रबार २०:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।