एकै दिन ८८ विद्यार्थी चालक ट्राफिक कारबाहीमा, २१ जनासँग लाइसेन्स नै छैन

एकै दिन ८८ विद्यार्थी चालक ट्राफिक कारबाहीमा, २१ जनासँग लाइसेन्स नै छैन

काठमाडौं : ट्राफिक नियम पालना नगर्ने ८८ जना स्कुल तथा कलेजका विद्यार्थीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शुक्रबार बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका ५६ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २१ जना र तीव्र गतिमा सवारी साधन चलाउने ४ जना विद्यार्थी चालकहरू कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यस्तै, नम्बर प्लेट दुरूस्त नभएको सवारी साधन चलाउँदै गरेका ४ जना, दुईपाङ्ग्रे सवारी साधनमा तीन जना सवार २ जना चालक र हेल्मेट नलगाएका १ जना चालकलाई पनि शुक्रबार नै कारबाही गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

साउन ३० गतेबाट शुरू भएको स्कुल तथा कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हाल सम्म ६ सय ७९ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारबाही गरिसकेको छ।

भदौ १७, २०७९ शुक्रबार १९:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।