राष्ट्रपतिको सुझाव राष्ट्रिय सभाबाट पनि अस्वीकार

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले सुझावसहित पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि जस्ताकाे तस्तै पारित भएकाे छ।
विधेयक शुक्रबारकाे राष्ट्रिय सभा बैठबाट जस्ताको तस्तै पारित भएको हो। यसअघि भदौ २ गते प्रतिनिधि सभाबाट विधेयक जस्ताको तस्तै पारित भएको थियो।
राष्ट्रिय सभाबाट पारित भएसँगै अब विधेयक पुनः प्रतिनिधि सभामा जानेछ। त्यहाँ सभामुखले प्रमाणित गर्दै विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछन्।
अघिल्लो पटक लामो समय कुराएर पुनर्विचारका लागि पठाएकी राष्ट्रपति विद्यादेवी भण्डारीले यसपटक भने विधेयक पारित गर्नुपर्ने संवैधानिध व्यवस्था छ।।
भदौ १७, २०७९ शुक्रबार १९:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।